दफा ५७३
प्रत्याशन गर्ने व्यक्तिको अधिकार
प्रत्याशन गर्ने व्यक्तिको अधिकार र दायित्व करारमा लेखिएकोमा सोही बमोजिम र नलेखिएकोमा देहाय बमोजिम हुनेछ :
(क) जुन व्यक्तिलाई हानि, नोक्सानी पुगेको हो त्यस्तो व्यक्तिको करार बमोजिमको सम्पूर्ण हक प्रत्याशन गर्ने व्यक्तिमा सर्ने,
(ख) खण्ड (क) बमोजिम प्रत्याशन गर्ने व्यक्तिले हानि, नोक्सानी पुगेको व्यक्तिलाई बुझाएको रकम वा मनासिब क्षतिपूर्ति र त्यस वापत कानूनी उपचार गर्नु परेमा त्यस्तो खर्च समेत त्यस्तो हानि, नोक्सानी गर्ने व्यक्ति वा त्यस सम्बन्धमा कुनै करार भएको रहेछ भने त्यस्तो करार गर्ने पक्षबाट भराउन पाउने ।